सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयको सर्कुलरपछि राजधानीमा कडा चेकजाँच, भद्रकाली क्षेत्रमा देखियो जाम (फोटोफिचर)

मङ्गलबार, १६ वैशाख २०७७, १४ : ५०
मङ्गलबार, १६ वैशाख २०७७

काठमाडौं । राजधानीसहित देशभर सवारी चेकजाँचलाई कडाइ गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेपछि त्यसको प्रभाव उपत्यकामा मंगलबार बिहानैदेखि देखिएको छ । 

गृह मन्त्रालयले लकडाउन उलंघन गर्ने क्रम बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालयलाई सोमबार सर्कुलर जारी गर्दै चेकजाँचमा कडाइ गर्ने निर्देशन दिएको थियो । सर्कुलरमा पास बिनाका ससारीसाधन सञ्चालनमा पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिइएको छ । 

जसअनुसार राजधानीका ठाउँठाउँमा कडारुपले चेकजाँच भइरहेको छ भने राजधानीको सिंहदरबार र भद्रकाली क्षेत्रमा चेकजाँच गरिँदा ट्राफिक जाम नै देखिएको थियो । 

पछिल्लो समय प्रशासनबाट जारी भएको पासको दुरुपयोग बढ्नुका साथै पासबिना पनि राजधानीमा सवारीसाधन सञ्चालन हुने गरेको बताइन्छ ।

 भद्राकाली आसपासमा सयौं सवारीसाधान करबाहीमा पर्नुले पनि त्यसलाई पुष्टि गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार भद्रकाली क्षेत्रमा चेकजाँच गरिँदा केहीबेर जाम भएको थियो । सरकारले गत चैत ११ देखि गरेको लकडाउन आगामी वैशाख २५ गतेसम्म कायम गरिएको छ । 

तस्बिरः सुवास श्रेष्ठ र कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप