गृह मन्त्रालयको सर्कुलरपछि राजधानीमा कडा चेकजाँच, भद्रकाली क्षेत्रमा देखियो जाम (फोटोफिचर)
काठमाडौं । राजधानीसहित देशभर सवारी चेकजाँचलाई कडाइ गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेपछि त्यसको प्रभाव उपत्यकामा मंगलबार बिहानैदेखि देखिएको छ ।
गृह मन्त्रालयले लकडाउन उलंघन गर्ने क्रम बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालयलाई सोमबार सर्कुलर जारी गर्दै चेकजाँचमा कडाइ गर्ने निर्देशन दिएको थियो । सर्कुलरमा पास बिनाका ससारीसाधन सञ्चालनमा पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिइएको छ ।
जसअनुसार राजधानीका ठाउँठाउँमा कडारुपले चेकजाँच भइरहेको छ भने राजधानीको सिंहदरबार र भद्रकाली क्षेत्रमा चेकजाँच गरिँदा ट्राफिक जाम नै देखिएको थियो ।
पछिल्लो समय प्रशासनबाट जारी भएको पासको दुरुपयोग बढ्नुका साथै पासबिना पनि राजधानीमा सवारीसाधन सञ्चालन हुने गरेको बताइन्छ ।
भद्राकाली आसपासमा सयौं सवारीसाधान करबाहीमा पर्नुले पनि त्यसलाई पुष्टि गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार भद्रकाली क्षेत्रमा चेकजाँच गरिँदा केहीबेर जाम भएको थियो । सरकारले गत चैत ११ देखि गरेको लकडाउन आगामी वैशाख २५ गतेसम्म कायम गरिएको छ ।
तस्बिरः सुवास श्रेष्ठ र कृष्ण खड्का
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण