इतिहासमा आज – बंगलादेशमा चक्रवात तुफानले मच्चायो विध्वंश, १ लाख बढीको मृत्यु
आज २९ अप्रिल । सन् १९९१ मा बंगालको खाडी हुँदै आएको चक्रवात तुफानका कारण बंगलादेशमा १ लाख ३८ हजार ८ सय ६६ जनाको मृत्यु भयो । यस घटनामा दशौँ लाख घरबारविहिन भए भने १ दशमलव ७ बिलियन अमेरिकी डलर बराबरको क्षति भयो ।
बंगलादेशको चटगाउँमा अत्यधिक क्षति भयो, यहाँ २ सय ५० किलोमिटर प्रतिघण्टाको वेगमा तुफान आएको थियो । म्यानमार, उत्तरी भारत, चीनको युनानप्रान्तलगायत क्षेत्रमा पनि असर देखियो ।
यस विध्वंशकारी तुफानपछि अमेरिका र अन्य देशहरुले सहयोगका लागि ‘अपरेशन सी एंगल’ नाम सैन्य अभियान चलाए, यो अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य उद्धारमध्ये एक मानिन्छ ।
तुफान गएपछिको अवस्था बंगलादेशका लागि भयावह रह्यो । घरबारविहीनको संख्या अत्यधिक थियो, धेरैजनाले बस्नका लागि आश्रय पनि पाउन सकेनन् । सोनोडिया टापूमा यहाँका स्थानीयहरु दूषित पानीका कारण हैजा र अन्य रोगबाट ग्रस्त भए । पोषक खाद्यान्नको अभावले ठूलो जनसंख्या रोगी भयो । यस चक्रवातको असरपछि नै बंगलादेश सरकारले बाढी र अन्य प्राकृतिक विपद् कम गर्नका लागि वन पुनस्र्थापना गर्ने कार्यक्रम ल्यायो ।
महत्त्वपूर्ण घटनाक्रम
– सन् १६३९, दिल्लीमा लाल किल्लाको शिलान्यास ।
– सन् १६६१, चीनको मिंग वंशद्वारा ताइवानमाथि कब्जा ।
– सन् १९३०, बेलायत र अस्टे«लियाबीच टेलिफोन सेवाको सुरुवात ।
– सन् १९७८, अफागनस्तिानमा विद्रोही गुटद्धारा सत्ता कब्जा । काबुल रेडियोमार्फत उपराष्ट्रपति, रक्षा मन्त्री, गृह मन्त्री र वायुसेनाध्यक्ष लडाँइमा मारिएको घोषणा ।
– सन् १९९३, बेलायतको बकिङह्याम प्यालेज पहिलोपटक सर्वसाधारणका लागि खुला ।
– सन् २०११, लण्डनको ऐतिहासिक चर्च वेस्टमिस्टर एबेमा बेलायती राजकुमार विलियम र केट मिडिलटनबीच विवाह ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण