सम्झनामा ऋषि कपूर– बलिउडमा रोमान्सका राजा
बलिउडमा शाहरुख खान रोमान्सको बादशाह बन्नुअघि त्यहाँ ऋषि कपूर थिए, उनले कसरी प्रेम गर्ने र महिलालाई प्रभावित गर्ने भनेर सिकाए । क्यान्सरसँगको लामो लडाईंपछि बिहीबार ६७ वर्षको उमेरमा कपूरको निधन भयो, उनकी श्रीमती नितु सिंह, एक छोरा रणवीर कपूर र छोरी रिद्दिमा कपूर साहानी छन् ।
‘स्विट रोमान्टिक’ रोलबाट आफ्नो करियरको सुरुवात गर्दै युवाहरुको ढुकढुकीमा आएका कपूरले ठूलो पर्दामा नयाँ प्रयोग पनि गरे । डि–डेमा ग्याङस्टारको भूमिका र ऋतिक रोशन अभिनित नयाँ भर्सनको अग्निपथमा यौनकर्मीका लागि ग्राहक खोजिदिने दलालको भूमिका उनको भर्सटायल अभिनयको साक्षी हो । २०११ मा ‘दो दुनी चार’ मा उनले मध्यमवर्गीय परिवारका व्यक्तिको भूमिका निभाएर आफ्नो कलाको कुनै सीमा छैन भन्ने प्रमाणित गरे । उनले पारिवारिक फिल्म ‘कपूर एन्ड सन्स’ मा ९० वर्षीय हजुरबुबाको भूमिका पनि निभाएका थिए ।
कपूरको रगतमै अभिनय थियो । उनी बलिउडको पहिलो अभिनय घराना ‘कपूर परिवारमा’ जन्मिए अर्थात् एकसे एक अभिनेताको छत्रछायाँमा हुर्किए ।
१९७० मा ‘मेरा नाम जोकर’ नामक फिल्ममा बाल कलाकारको भूमिका निर्वाह गर्दै उनले अभिनय सुरु गरेका थिए । यो फिल्म उनका बाबु राज कपूरले निर्देशन गरेका थिए र उनी स्वयंम् फिल्मका मुख्य कलाकार थिए ।
उनी त्यस्ता व्यक्ति हुन्, जसलाई तपाईं अभिनयका लागि जन्मिएको भन्नुहुन्छ किनकी कपूर परिवारमा तपाई जन्मनुभयो भने यो स्वाभाविक विकास पनि हो ।
डिम्पल कपाडिया अभिनित १९७३ मा प्रदर्शन भएको बबी, श्रीदेवी अभिनित १९८९ को चाँदनी र नितु सिंह (कपूरकी श्रीमती) अभिनित १९७६ को कभी कभी बलिउडका सर्वाधिक लोकप्रिय रोमान्स फिल्ममध्ये हुन् । धेरै चर्चित नायिकासँग उनले अभिनय गरेका रोमान्टिक गीतहरु कालजयी छन् ।
बलिउडका थोरै अभिनेतामध्ये कपूर एक हुन्, जसले ‘योङ रोमान्टिक’ का रुपमा मात्रै आफूलाई चिनाउन चाहेनन् । व्यवसायिक सिनेमाको सिमानालाई धकेल्न सक्दो प्रयास गरेका थिए भनेर उनको सम्पन्न करियरले प्रमाणित गर्छ ।
इरफान खान जो ‘इन्डिपेन्टेन्ड फिचर’ मा जमे, यसको ठिक विपरीत कपूरले बलिउडका मुलधारका संगीतमय फिल्ममा सफलता हाँसिल गरे ।
एउटा पूर्ण अभिनेता हुनका बाबजुद कपूरले निर्देशनमा भने राम्रो सफलता हासिल गर्न सकेनन् । ऐश्वर्या राय र अक्षय खन्नालाई लिएर उनले निर्देशन गरेको ‘आ अब लौट चले’ खासै सफल भएन । आफ्नो युवाअवस्थामा पर्दाभित्र चकलेटी पूरुषको भूमिका निभाएका कपूर अफ–स्क्रिनमा भने त्यति धेरै चार्मिङ थिएनन् । उनी मुडी व्यक्तिका रुपमा कुख्यात रहे ।
तर, पर्दाभित्र आफ्नो व्यक्तित्वलाई पुनआविस्कार गर्नसक्ने उनको क्षमताले कपूरलाई चम्कायो । बलिउडमा त्यस्ता धेरै अभिनेता छन् जो आफ्नो जीवनभर रोमान्टिक रोलकै पिन्जडामा रमाए, तर कपूर त्यसमध्येका थिएनन् ।
उनले आफ्नो अभिनयको जादुलाई फेरि खोज्नका लागि लामो समय छुट्टी पनि लिए र त्यसपछि अग्निपथ र डि–डे जस्ता फिल्ममार्फत फर्किए । सम्भवतः आफ्नो सम्भ्रान्त पृष्ठभूमिका कारण पनि हुनसक्छ, कपूरको चरित्र आत्मविश्वासी थियो, धैर्यता थिएन ।
रेड कार्पेटमा हिँड्दै गर्दा उनका छोरा रणवीर कपूर मित्रता र आकर्षणको तस्विर बन्नसक्छन्, तर उनका बाबुले यो स्पष्ट गरिदिएका थिए कि कुनै बिन्दुमा आएर उनलाई पत्रकारसँग कुरा गर्न कुनै रुची थिएन । उनलाई सामाजिक सञ्जालमा जथाभावी आफ्ना कुरा गर्न भने राम्रो लाग्थ्यो ।
उनको ट्वीटर एकाउन्ट रमाइला र राजनीतिक रुपमा गलत कथाले भरिएको छ । यो स्पष्ट थियो कि उनले आफ्नो सामाजिक सञ्जाल आफैं चलाए, यसका लागि कुनै म्यानेजरको भर परेनन् । उनको आत्मकथा ‘खुल्लम खुल्ला– ऋषि कपूर अनसेन्सर्ड’ २०१५ मा सार्वजनिक भएको थियो । यो शीर्षक सही जुराइएको थियो, यसमा उनले आफूसँग अभिनय गरेका हिरोइन र अभिनय यात्राका स्क्यान्डलहरुबारे खुलासा गरेका थिए । यो आत्मकथामा उनले आफ्नो सम्पन्न जीवनको कुनै कुरा लुकाएका थिएनन् ।
क्यान्सरले शरीर खाँदैं गएपछि न्युर्योकमा उपचार गर्न जानुपरे पनि उनले आफ्नो आत्मालाई कमी महसुस गर्न दिएनन् । उनी त्यस्ता अभिनेता थिए, जसले अन्यलाई प्रोजेक्टका लागि बाध्य गर्नसक्थ्यें । उनले ‘मैले पद्धति अभिनयमा विश्वास गरिनँ र स्वाभाविक अभिनेता रहेँ’ भनेका थिए । अभिनेत्री लि दुबेले गल्फ न्युजलाई दिएको जानकारीअनुसार ऋषि कपूर भएकै कारण उनी फिल्म खेल्न तयार भएकी थिइन् ।
आफ्नो युवा अवस्थामा चल्तीका महंगा नायक रहेका कपूरले जीवनको उत्तरार्द्धमा पनि अभिनयको शक्ति देखाए । उनले ४० वर्षपछि अभिनय छाडेनन्, रोमान्टिक भूमिकाका नायकको आफ्नो ‘स्टेरियोटाइप’ छविलाई चुनौती दिने भूमिका लिए ।
कपूको अनुपस्थितिले बलिउडमा अर्को रिक्तता सिर्जना गर्ने विषय अस्वीकार गर्न सकिन्न, तर उनका बाबु (स्वर्गीय राज कपूर) को शब्दमा ‘शो अघि बढ्नै पर्छ’ – उनीसहित वा उनी बिना ।
–मन्जुशा राधाकृष्णन/ गल्फ न्युज डटकमबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण