अस्पतालमा रेकर्ड गरिएको भिडियोमा लर्बरिएको आवाजमा ऋषि कपुरले भनेका थिए, ‘मिहिनेतपछि पाइन्छ सफलता’
नाम र सफलता मिहिनेतपछि मात्रै पाइन्छ... यो भिडियो सन्देश हो बलिउड अभिनेता ऋषि कपुरको । यो भिडियो अब सोसल मिडियामा भाइरल भइरहेको छ । सोसल मिडियामा भाइरल भएको यो भिडियो फेब्रुअरी २०२० को हो । अस्पतालमा भर्ना भएका ऋषि कपुरसमक्ष डीके सानू नामका व्यक्तिले रेकर्ड गरेका थिए । यसलाई ऋषि कपुरको अन्तिम भिडियो भनेर भाइरल गरिएको छ ।
क्यान्सरसँग जुधिरहेका ऋषि कपुरको बिहिबार बिहान पौने ९ बजे निधन भयो । बेलुकी साढे ४ बजे मुम्बईको चन्दनवाडी श्मशान घाटमा उनको अन्तिम संस्कार गरियो । यतिबेला उनकी श्रीमती नीतू, छोरा रणबीर कपुर, करिना कपुर, सैफ अली खान, अभिषेक र ऐश्वर्या बच्चन उपस्थित थिए । ऋषिको निधनमा श्रीमती नीतूले अन्तिम समयसम्म पनि उनले मानिसहरुलाई हँसाइरहेको बताइन् ।
जीवनभरीका लागि अविष्मरणीय बन्यो यो पाठः
यो भिडियोमा ऋषि लर्बरिएको स्वरमा भनिरहेका छन्, ‘मेरो आशीर्वाद तिमीलाई छ । धेरै सफल हुनु, मिहिनेत गर । हेर, चर्चा, नाम यी सबै मिहिनेत पछि आउँछन् । जबसम्म मिहिनेत र थोरै भाग्यले साथ दिनेछ रुखमा फल आफसेआफ लाग्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण