११ जुवाडे पक्राउ
कास्की । पोखरा महानगरपालिका-१० उत्तम मार्ग डेरा गरी बस्ने ३९ वर्षीय मन बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूको साथबाट नगद ८० हजार ५० रुपैयाँ र ४ बुक तास वरामद भएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा निज मन बहादुर गुरुङ, पोखरा महानगरपालिका-१५ गितामार्ग बस्ने ४६ वर्षीय बम बहादुर पुन, पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने ३० वर्षीय रमेश पुन मगर, पोखरा रामबजार बस्ने ३० वर्षीय प्रवेश पुन, ३६ वर्षीय बल बहादुर गुरुङ, ३७ वर्षीय अशिष पुन, ४८ वर्षीय गंगा लामा, २९ वर्षीय गुमान गुरुङ, ३८ वर्षीय रविन थापा, पोखरा महानगरपालिका-१५ फलेपाटन बस्ने ४० वर्षीय सोभित गुरुङ र पोखरा महानगरपालिका-१० बस्ने ३४ वर्षीय कुल बहादुर थापा रहेका छन् ।
उक्त कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सास्ती: बजेट पनि छैन, खर्च पनि हुँदैन !
-
स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
-
दूधले साँच्चै बलियो बनाउँछ त हड्डी ?
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण