अब घरमै बसीबसी अनलाइनबाट नबिल बैंकको खाता खोल्न सकिने
सोमबार, २२ वैशाख २०७७, १२ : ५१
काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइनमार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबारसमेत गर्न सकिने सुविधा प्रारम्भ गरेको छ ।
यसअन्तर्गत ग्राहकहरुले बैंक शाखामा नगइ आफ्नै घरबाट खाता खोली इन्टरनेछ बैंकिङ्ग, मोबाइल बैंकिङ्ग जस्ता डिजिटल बैंङ्गिग सुविधाहरुको तत्काल लाभ लिन सकिने बैंकले जनाएको छ ।
मोबाइल बैंकिङ्ग सुबिधाअन्तर्गत ग्राहकहरुले रिचार्र्ज गर्ने बिल भुक्तानी, बिमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइलमार्फत गर्न सक्नेछन् ।
साथै यो सुविधा कोभिड १९ संक्रमण न्युनीकरण एवं ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जानकारी बैंकले गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाएको घोषणा
-
विश्वासको मत लिनुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको मन्तव्य (पूर्णपाठ )
-
इब्राहिम रईसीको मृत्युमा हमासले के भन्यो ?
-
विश्वासको मत लिँदा नाराबाजी भएपछि कांग्रेससँग रिसाए प्रधानमन्त्री
-
कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– तपाईंहरुले गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ !
-
प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछः पौडेल