अब घरमै बसीबसी अनलाइनबाट नबिल बैंकको खाता खोल्न सकिने
सोमबार, २२ वैशाख २०७७, १२ : ५१
काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइनमार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबारसमेत गर्न सकिने सुविधा प्रारम्भ गरेको छ ।
यसअन्तर्गत ग्राहकहरुले बैंक शाखामा नगइ आफ्नै घरबाट खाता खोली इन्टरनेछ बैंकिङ्ग, मोबाइल बैंकिङ्ग जस्ता डिजिटल बैंङ्गिग सुविधाहरुको तत्काल लाभ लिन सकिने बैंकले जनाएको छ ।
मोबाइल बैंकिङ्ग सुबिधाअन्तर्गत ग्राहकहरुले रिचार्र्ज गर्ने बिल भुक्तानी, बिमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइलमार्फत गर्न सक्नेछन् ।
साथै यो सुविधा कोभिड १९ संक्रमण न्युनीकरण एवं ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जानकारी बैंकले गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण