मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दिल्लीमा खोलियो रक्सी पसल, यति भीड लाग्यो कि बन्द नै गर्नुपर्यो

सोमबार, २२ वैशाख २०७७, १४ : ३३
सोमबार, २२ वैशाख २०७७

भारतमा लकडाउनको तेस्रो चरणमा  विभिन्न प्रकारको छुट दिइएको छ । दिल्लीसमेत देशका विभिन्न हिस्सामा सोमबार बिहानैदेखि हलचल देखिएको छ । यसपटक रक्सीको पसल खोलिएको छ, यस्तोमा सोमबार दिल्लीको रक्सीको पसल बाहिर अत्यधिक भीड देखिएको छ । भीड यति धेरै भएको छ कि थुप्रै इलाकामा दिल्ली पुलिसले पसल नै बन्द गराउनु पर्यो ।

 मार्च २४ पछि भारतभरी लागू गरिएको लकडाउनका कारण रक्सी पसल पनि बन्द थिए । लकडाउन तेस्रो चरणमा आएपुग्दा रक्सी–पान–गुटखाका पसल खोलिएका छन् ।

सोमबार बिहान जब पसल खोलियो तब बिहान ८ बजेदेखि नै लामो लाइन लाग्यो । यतिबेला सरकारले तोकेको सामाजिक दुरी कसैले पनि पालना गरेनन् । कति स्थानमा २ किलोमिटरसम्मको लाइन लाग्यो । भीड अनियन्त्रित भएको देखेर पुलिसले पसल नै बन्द गर्यो । कश्मीर गेट नजिकै पुलिसले लाठीचार्जसमेत गर्नुपर्यो ।

पुलिसले कृष्णानगरमा खोलिएको पसल पनि बन्द गर्नुपर्यो किनभने यहाँ मानिसहरु सामाजिक दुरीको नियम पालना गरेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप