कविताः कोरोना
-मोहनप्रसाद तिमिल्सिना
जसको उद्गम चीनमा हुन पुग्यो उहानमा जन्म भो
जम्मै विश्व डुलेर सृष्टि जसरी संहार गर्दैछ जो
भित्रैसम्म लुकेर मानव जगत् डस्ने लिई चाहना
साझा शत्रु समस्त यो हुन पुग्यो त्यो दुष्ट हो कोरना ।१।
पैलो उद्भव चीनमा अनि कता घुम्दै धरा फनफन
आत्मा भित्र शरीर भित्र कसरी पार्दै छ यो झनझन
यो दुर्घातक विश्वको विपद हो दैवी कि वा जे भनौँ
यस्तै मात्र भए हुने प्रलय हो बाँकी अरू के भनौँ ।२।
सारा विश्वभरी मिली अब सबै द्यौता पुकार्दै बसौँ
आफ्ना लागि छ सिर्जना बुझ कठै, विज्ञान जेजे भनौं
हाहाकार विकास दीन हुन गो पैदा भयो दुर्गति
यस्तै हुन्छ अझै समस्त भवमा विज्ञानको दुर्मति ।३।
जम्मै सृष्टि छचल्कियो किन अहो द्यौता बसेको घर
त्यसमै बन्नु परेर थर्थर अझै कसको हुने हो भर
सोधु के कसरी भयो भन भनी छैनन् कतै उत्तर
हे माता अब बोल बोल धरती कसको हुने हो भर ।४।
यो पृथ्वी छ अशान्त भाव किन हो आफैं चिनी चेतना
बाँच्ने हो कसरी सबैतिर उही छातीभरी वेदना
बाँच्नै पर्छ सही सबै दिनहरू आत्मत्त्वको मार्गमा
हामी जून टिपेर विश्वभरमा लम्कौँ नयाँ मार्गमा ।५।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण