घरमै बसेर सिटिजन्स बैंकमा अनलाइन खाता खोल्न सकिने, उच्च ब्याजदर पनि पाइने
सोमबार, २२ वैशाख २०७७, १८ : १४
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरमै बसेर अनलाइन खाता खोल्न सकिने सेवामा स्तरोन्नत्ती गरेको छ । बैंकले सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भुमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमलाई आत्मसाथ गर्दै बैंकको वेबसाइटमार्फत अनलाइन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृत गरेको जनाएको छ ।
यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहकहरुले घरमै बसीबसी बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदरसहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन ।
उक्त खाता खोल्नासाथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ्ग कारोबार गर्न सक्नेछन् । यस अत्याधुनिक प्रविधिको प्रयोगबाट अनलाइन खाता खोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण