कविताः अब मनको दियो बालौँ
अजय नेपाल
घ्यूको दियो प्रकाशले हुन्छन् ईश्वर प्रसन्न रे ।
सँगै बन्छ वातावरण स्वच्छ अनि सफा अरे ।।
आऊ एउटा दियो बालौँ, मनका मैलो सबै फालौँ ।
पहिले बाल्थ्यौँ मन्दिरमा अब दियो मनमा बालौँ ।।
त्यागौँ सबै रिस राग, फालौंँ मनका वैर भाव ।
सुरु गरौँ नयाँ प्रयास, कोरौँ अब मनमा विश्वास ।।
मन्दिरमा पूजा गर्छौं, गर्छौं मनले कामना अनेक ।
हृदयलाई पारौँ स्वच्छ, सोचौँ आफ्नो अनि पराई ?
भयो पर्दैन यी सब गर्न, नव बिहानीदेखि प्रण गर्छु ।
मनलाई सधैँ स्वच्छ राखी, सम्झी तिम्लाई दियो बाल्छु ।।
दियो बाल्ने हो मनमा, दिन्छ तेसले सन्तोष मनमा ।
निभ्न दिन्न यसलाई कहिल्यै, बाली राख्छु तिम्रो आशमा ।।
थाहा छैन यसो गर्दा, कस्तो लाग्ला तिम्रो मनमा ।
प्रार्थना मेरो मनबाट, भलो सोच्छु तिम्रो सदा ।।
देखी खुशी र सुख तिम्रो, विश्वास गर्छुु मनै रम्छ।
तिम्रो सुखदेखि रम्छु, मन नै मेरो प्रशन्न बन्छ ।।
तिम्रो यही खुशीको गर्छु कामना सदा ।
सधैँ यस्तै रहनु मनैबाट शुभकामना ।
किनकि मनमा सधैँ एउटा दियो बाल्छु ।
सुख देखी तिम्रो सदा, मनमनै सधैँ रम्छु ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण