एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपमा थपियो नयाँ सुविधा

काठमाडौं– एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग एप ‘EBL Touch 24’ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेको छ । सुविधा थप गरेसँगै बैंकले ‘EBL Touch 24’ थप सुरक्षित, द्रुत र भरपर्दो बन्न गएको दावी गरेको छ ।
एभरेष्ट बैंकको मोबाइल बैंकिङ्ग एप ‘इबीएल टच २४’को स्तरोन्नतीको साथ अब ग्राहकहरुले यस एपमार्फत स्वयं मोबाइल बैंकिङ्ग एक्टिभ गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर सहजै लग इन गर्न सक्नेछन् र ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टि.भी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमा टिकटको अन्लाइन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्यूआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् ।
यसै गरी ग्राहकहरुको सहजता र सुरक्षाका लागि, फिंगर प्रिन्ट वा फेस रिकोगनेशनबाट पनि सहजै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता