एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपमा थपियो नयाँ सुविधा
काठमाडौं– एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग एप ‘EBL Touch 24’ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेको छ । सुविधा थप गरेसँगै बैंकले ‘EBL Touch 24’ थप सुरक्षित, द्रुत र भरपर्दो बन्न गएको दावी गरेको छ ।
एभरेष्ट बैंकको मोबाइल बैंकिङ्ग एप ‘इबीएल टच २४’को स्तरोन्नतीको साथ अब ग्राहकहरुले यस एपमार्फत स्वयं मोबाइल बैंकिङ्ग एक्टिभ गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर सहजै लग इन गर्न सक्नेछन् र ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टि.भी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमा टिकटको अन्लाइन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्यूआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् ।
यसै गरी ग्राहकहरुको सहजता र सुरक्षाका लागि, फिंगर प्रिन्ट वा फेस रिकोगनेशनबाट पनि सहजै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण