परीक्षण किट सकियो : क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनले तापक्रम जाँचेका भरमा घर पठाइयो
बन्दाबन्दीका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । प्युठान जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो ।
जिल्लाभरबाट १३७ जनालाई पन्ध्र दिनको क्वारेन्टाइन बसाइ पूरा गरी घर फिर्ता गर्नुपर्ने थियो । किटको अभावका कारण केही स्थानीय तहले क्वारेन्टाइनमै राख्ने र केही स्थानीय तहले थर्मल गनका भरमा घर फिर्ता गरेका हुन् । जिल्लाभरबाट ११६ जना फिर्ता गरिएकामा चार जनाको मात्रै आरडिटी गरिएको र ११२ जनालाई थर्मल गनले तापक्रम परीक्षण गरी घर फिर्ता गराइएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका विपद् व्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।
“सामान्य लक्षणहरु पनि नदेखिएका कारण सामान्य परीक्षणबाटै घर पठाइएका छौँ”, श्रेष्ठले भने, “एक हप्तासम्म परिवार, समुदाय, स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानी रहन्छ ।” उनका अनुसार होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने शर्तमा मञ्जूर भएपछि मात्रै क्वारेन्टाइनबाट पठाउने गरिएको छ ।
किटका अभावमा थर्मल गनले स्वास्थ्य जाँच गरी स्वर्गद्वारी नगरपालिकाले ७७, गौमुखी गाउँपालिकाले १८ र सरुमारानी गाउँपालिकाले १७ जना घर पठाएका छन् । क्वारेन्टाइनमा पन्ध्र दिनको बसाइ पूरा गरेका २१ जना भने फर्किन पाएका छैनन् । प्युठान नगरपालिकामा रहेका पाँच, नौबिहनी गाउँपालिका दुई, माण्डवी गाउँपालिकाका १० र मल्लरानी गाउँपालिकामा चार जनालाई एक हप्ताभित्र किट आउने आशामा क्वारेन्टाइनमै राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जानकारी दिए ।
जिल्लामा रहेका क्वारेन्टाइनमा मंगलबारसम्म ९९५ छन् । तीमध्ये बुधबार ४५ र बिहीबार १५३ जनाको चौध दिन बसाइ पूरा गरी पन्ध्र दिन पूरा हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण