शिल्पा सेट्टीले भिडियोमार्फत् बताइन् विवाहको तितो सत्यः भनिन्, ‘हामी कति फेरियौं’
लकडाउनको समयमा सर्वसाधारणदेखि सेलिब्रिटी, गरिबदेखि ठूल्ठूला व्यापारी सबै आफ्नो घरमा बसेर परिवारसँग रमाइलो गरेर समय बिताइरहेका छन् । सबैको समय बिताउने तरिका भिन्न छ ।
ठूलो पर्दाको अभिनयबाट टाढा रहेकी बलिउड नायिका शिल्पा सेट्टी आफ्ना श्रीमान् र छोरासँग हास्यास्पद भिडियोमा देखिन्छिन् । हालै, शिल्पाले एउटा भिडियो सोसल मिडियामा सेयर गरिन् जसमा उनले निकै ठट्यौली पारामा विवाह अघि र पछिको अन्तरबारे बताएकी छिन् ।
यो भिडियो शिल्पाले टिकटकमा बनाएकी छिन् र इन्स्टाग्राममा सेयर गरेकी छिन् । भिडियोमा शिल्पालाई श्रीमान् राज कुन्द्रासँग देख्न सकिन्छ । विवाहको अघि भन्दै शिल्पा श्रीमानसँग मस्किएर मन्द मुस्कानसहित हाँसिरहेको देखिएकी छिन् भने विवाहपछि उनको अनुहार नै परिवर्तन हुन्छ र उनले ठूलो मुख पारेर मन खोलेर हासिरहेको देख्न सकिन्छ । यो भिडियो निकै भाइरल भइरहेको छ । भिडियो सेयर गर्दै शिल्पाले लेखेकी छिन्, ‘हामी कति फेरियौं । वास्तविकता जति नै तितो भएपनि रमाइलो भने छ ।’
शिल्पा आफ्ना श्रीमानसहित टिकटक भिडियोमा निकै सक्रिय छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण