नेपाल सुनचाँदी व्यवसायी र राष्ट्र बैंकका गभर्नर बीच भेटवार्ता, बुझाए लिखित सुझाव
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग नेपाल सुनचाँदी व्यवसायीहरुको संगठनका प्रतिनिधिले भेटवार्ता गरेका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनार, महासंघका विशिष्ट सदस्य सुरेश मान श्रेष्ठ र नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डलले गभर्नर कै कार्यकक्षमा भेट गरी कोरोना संक्रमणको रोकथाम र लकडाउनको कारण उद्योग, व्यवसायमा परेको प्रतिकुल असर बारे छलफल गरेको छ ।
लकडाउनका कारण उद्योग, व्यवसायमा उत्पन्न प्रतिकुल परिस्थितिको सामना गर्न ऋणको साँवा, व्याज, किस्ता आदिको साथै उद्योग, व्यवसायलाई पुनरुथ्थान गर्न अवलम्बन गर्नु पर्ने तात्कालिन एवं दीर्घकालिन उपाय बारे लिखित सुझाव पनि पेश गरेको छ ।

आभुषण क्षेत्रले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं रोजगारी विस्तारमा उल्लेखनीय टेवा पु¥याउन सक्ने हुँदा यसलाई बढावा दिन सरकारले विशेष ध्यान दिनु पर्नेमा प्रतिनिधिमण्डलले जोड दियो ।
सो अवसरमा गभर्नर अधिकारीले महासंघहरुबाट प्रस्तुत सुझाव एवं अवधारणा प्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेकोले त्यसको कार्यान्वयनमा उचित स्थान दिइने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण