युवालाई कृषिमा आकर्षित गर्न सरकारले २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने
शुक्रबार, २६ वैशाख २०७७, ०७ : २७
काठमाडौं – युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था गर्न लागेको हो।
कृषि पेशाबाट विमुख भएका र वैदेशिक रोजगारबाट फर्केका युवा तथा कृषि कर्ममै खटिएका किसानको लागत खर्च सुनिश्चित गर्न मन्त्रालयले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
धान, गहुँ र उखुको समर्थन मूल्य तोकेजस्तै मन्त्रालयले अब केही खाद्यान्न बाली, तरकारी बाली, दलहन तथा तेलहन, फलफूल र माछामासुजन्य पदार्थको उत्पादनमा लाग्ने लागत खर्चमै २५ प्रतिशत न्यूनतम् प्रतिफल रकम जोडेर मूल्य तोकिदिने तयारी गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण