आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
सारांश
- मलेसियास्थित नेपाली राजदूतावासले मलेसियामा कार्यरत नेपाली नागरिकलाई आफ्नो राहदानी सधैं आफैँसँग राख्न आग्रह गरेको छ।
- रोजगारदातालाई कानुनले अनुमति दिएको अवस्था र श्रमिकको स्पष्ट सहमति नभएसम्म राहदानी नियन्त्रणमा नराख्न सचेत गराइएको छ।
- राहदानी सहमतिविना नियन्त्रणमा राखिएको पाइएमा तत्काल दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
काठमाडौँ । मलेसियास्थित नेपाली राजदूतावासले रोजगारीका सिलसिलामा मलेसियामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो राहदानी सधैं आफैँसँग राख्न विशेष आग्रह गरेको छ।
दूतावासले आज जारी गरेको विज्ञप्तिमा मलेसियाको प्रचलित कानुन तथा नियमको पालना गर्दै सुरक्षित रूपमा बसोबास गर्न र यात्रा गर्दा राहदानी सधैं साथमै राख्न अनुरोध गरिएको छ।
विज्ञप्तिमा नेपाली श्रमिकलाई रोजगारी प्रदान गर्ने मलेसियाका सबै रोजगारदातालाई पनि आफ्ना कामदारले राहदानी आफूसँग राख्न पाउने व्यवस्था सुनिश्चित गर्न आग्रह गरिएको छ। कानुनले अनुमति दिएको अवस्था र सम्बन्धित श्रमिकको स्पष्ट सहमति नभएसम्म नेपाली श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा नराख्न दूतावासले रोजगारदातालाई सचेत गराएको छ।
यदि कुनै नेपाली नागरिकको राहदानी उनको सहमतिविना रोजगारदाता वा अन्य कुनै पक्षले जबरजस्ती आफ्नो नियन्त्रणमा राखेको भए तत्काल दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
दूतावासले मलेसियाको कानुनको पालना गर्दै नेपाली श्रमिकको अधिकार, सम्मान र कल्याणको संरक्षणमा सहयोग पुर्याउने सबै रोजगारदाता तथा नेपाली नागरिकप्रति आभार समेत व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
-
सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
-
२२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण