बन्चरो प्रहार गरी बाबुआमाको हत्या
यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बुबाआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् ।
सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नं फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ ।
कञ्चनले १०० नंमा फोनसँगै प्रहरीले उसको पिछा गरिरहेको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।
घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली आज त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृतकका सात महिनाकी छोरी छिन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण