सुदूरपश्चिम प्रदेशमा १७ हजार ५३९ जनाको कोरोना परीक्षण, सीमामा थप कडाई
कैलाली । सुदूरपश्चिम प्रदेशमा आरडीटी र पिसिआर दुई विधिबाट १७ हजार ५३९ जनाको कोभिड–१९ परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा सो कुरा बताएको हो ।
पिसिआर विधिवाट २ हजार ९२३ जनाको स्वाब नमुना जाँच गरिएको छ जसमध्ये २ हजार ९१८ नमुना नेगेटिभ छ । ५५ जनाको स्वाव नमुना नतिजा आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जनाएको छ । हालसम्म ५ जनामा पोजिटिभ थियो भने ४ जना निको भई घर गइसकेका छन् भने १ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।
त्यस्तै, आरडिटी किटबाट १४ हजार ६१६ जनाको परीक्षण गरिएका मध्ये सबैको नतिजा नेगेटिभ नै आएको उनले बताए । अझै प्रदेशका ९ वटा जिल्लामा ४ हजार ७६९ आरडिटी किट मौज्दात रहेको उनले वताए ।
३ हजार ३७४ जना अझै क्वारेन्टाइनमा रहेको जनाइएको छ । ३ हजार ११३ जना पुरुष र २६१ जना महिला छन् । विभिन्न अस्पतालमा ३ जना आइसोलेसनमा उपचारमा छन भने १२६ जना उपचारपछि घर गइसकेका छन् ।
सीमानाकाहरुमा थप निगरानी
यता, कैलालीको सीमा नाकाहरुमा थप निग्रानी बढाईने भएको छ । छिमेकी राष्ट्र भारतमा कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै सीमानाकामा थप निगरानी बढाउन थालिएको हो । कैलालीका प्रमुखजिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षयतामामा बसेको जिल्ला सुरक्षा समितिको बैठकमा सो निर्णय गरिएको हो ।
बैठेकमा नयाँ आएका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरालाई पनि नाकाको वस्तु स्थिती र कोभिड–१९ को संक्रमणको विषयमा जानकारी गराउन गहन छलफल भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहोनराज जोशीले रातोपाटीलाई जानकारी दिए । जबरा जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर भर्खर कैलाली आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण