यस्तो छ शनिबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ।
यसैगरी, हाल देशको पहाडी भू–भाग आंशिक बदली रही बाँकी भु(भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
यस्तै, महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
शनिबार राति भने देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण