के पुटिनले पनि ट्रम्पकै गल्ती दोहोराए ?
संसारको अर्को एउटा शक्तिसम्पन्न राष्ट्रलाई कोरोनाभाइरसले नराम्रोसँग गाँजेको छ । संसारका तीन शक्तिशाली राष्ट्र कोरोनाभाइरसको चपेटमा पालैपालो आए । चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो र अमेरिकामा ८३ हजार भन्दा बढीको ज्यान लिइसकेको छ । अब रुस यसको भयानक संक्रमणमा आएको छ ।
कोरोनाभाइरसका कारण चीनको अन्तर्राष्ट्रिय छवि नराम्रोसँग प्रभावित भएको छ र अमेरिकामा पछिल्लो एक महिनादेखि सयौं शव चिहान पुगिरहेका छन् ।
रुसमा पहिलो पटक मार्चमा संक्रमण देखिएको थियो, अब यहाँ संक्रमण तीब्र रुपमा बढिरहेको छ । संक्रमण दरको हिसाबले रुस तेस्रो स्थानमा छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले झैं रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि कोरोनाको गम्भीरतालाई कम ठानेको बताइन्छ । मार्च १८ तारिखमा राष्ट्रपति पुटिनले स्थिती पूणै रुपमा नियन्त्रणमा भएको बताएका थिए ।
पुटिनले रुस यो मामलामा अन्य देशको तुलनामा निकै राम्रो स्थितीमा भएको पनि उनले बताएका थिए । त्यसलगत्तै त्यहाँ कोरोनाभाइरसको मामला लगातार बढ्दै गयो । रुसमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३२ हजारभन्दा माथि पुगेको छ ।
रुसको आँकडामा उठिरहेको छ प्रश्नः
संक्रमितको संख्या दुई लाख माथि पुगेपनि यहाँ अन्य देशको तुलनामा मृतकको संख्या निकै कम छ । धेरै मानिसहरुले यसमा शंका व्यक्त गरिरहेका छन् । रुसको आधिकारिक आँकडाका अनुसार हालसम्म दुई हजार १ सय १६ जनाको मृत्यु भएको छ जबकी बेलायतमा हालसम्म ३२ हजार बढीको मृत्यु भइसकेको छ । रुसमा मृतकको कम संख्या हुनुको पछाडि त्यहाँको गणनालाई दोष दिइएको छ ।
अमेरिकामा यदि कुनै व्यक्तिमा कोरोना पोजेटिभ व्यक्तिको मृत्यु हुन्छ भने त्यसलाई कोरोनाभाइरसका कारण भएको मृत्युको श्रेणीमा राखिन्छ । यता रुसमा भने कोरोना पोजेटिभ पाइएका संक्रमितको मृत्यु हुने सबैलाई यो श्रेणीमा नराखिएको बताइएको छ । यद्यपि, मस्को टाइम्ससँगको कुराकानीमा अधिकारीले यस्तो आरोप खारेज गरेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण