आयल निगमको कारोबार दैनिक ६४ करोडले घट्यो
काठमाडौं – लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ ।
गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । उनले भने, “हाल महिनामा चार अर्ब २८ करोड रुपियाँ राजस्व गुमिरहेको छ ।”
पेट्रोलियम पदार्थको माग पछिल्लो एक सातामा ३३ प्रतिशत पुगेको छ । अप्रिल महिना अर्थात् वैशाख १७ सम्म २० प्रतिशत मात्र माग थियो ।
लकडाउनमा फाट्फुट गाडी चल्न थालेपछि माग बढेको निगमले जनाएको छ । बजार सामान्य अवस्थामा नपुग्दासम्म पेट्रोलियम पदार्थको माग बढ्न नसक्ने पौडेलको भनाइ छ । माग कम भए पनि पूर्ण रूपमा पेट्रोलियम पदार्थको भण्डारण गरिएको छ ।
पौडेलका अनुसार १५ हजार मेट्रिक टन ग्यास मौज्दात रहेको छ । लकडाउन खुलेर बजार सुचारु भए पनि १२ दिनलाई पुग्ने ग्यास मौज्दात रहेको उनले बताए । भण्डारण अहिलेसम्मकै उच्च रहेको पौडेलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
-
कांग्रेसले भन्यो– सभामुख पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत भए
-
राइटपाथले ललितपुरको कुमारीपाटीमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने
-
सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५ ५जी
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष दाहाल
-
दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै