आयल निगमको कारोबार दैनिक ६४ करोडले घट्यो
काठमाडौं – लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ ।
गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । उनले भने, “हाल महिनामा चार अर्ब २८ करोड रुपियाँ राजस्व गुमिरहेको छ ।”
पेट्रोलियम पदार्थको माग पछिल्लो एक सातामा ३३ प्रतिशत पुगेको छ । अप्रिल महिना अर्थात् वैशाख १७ सम्म २० प्रतिशत मात्र माग थियो ।
लकडाउनमा फाट्फुट गाडी चल्न थालेपछि माग बढेको निगमले जनाएको छ । बजार सामान्य अवस्थामा नपुग्दासम्म पेट्रोलियम पदार्थको माग बढ्न नसक्ने पौडेलको भनाइ छ । माग कम भए पनि पूर्ण रूपमा पेट्रोलियम पदार्थको भण्डारण गरिएको छ ।
पौडेलका अनुसार १५ हजार मेट्रिक टन ग्यास मौज्दात रहेको छ । लकडाउन खुलेर बजार सुचारु भए पनि १२ दिनलाई पुग्ने ग्यास मौज्दात रहेको उनले बताए । भण्डारण अहिलेसम्मकै उच्च रहेको पौडेलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण