मकवानपुर ठेगाना भएका संक्रमित पनि काठमाडौँ निवासी*
काठमाडौं – मकवानपुर निवासी व्यक्तिमा संक्रमण भेटिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मकवानपुर घर भएका ती व्यक्ति हाल काठमाडौँ निवासी भएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मकवानपुर निवासी ३७ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो ।
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार अन्य संक्रमितहरु बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।
नेपालमा शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
सह–प्रवक्ता अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
*यसअघि मकवानपुरमा संक्रमण भेटिएको भनिए पनि ती व्यक्ति काठमाडौँमा नै बसोबास गर्ने गरेको खुलेको छ । त्यसलाई क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण