मकवानपुर ठेगाना भएका संक्रमित पनि काठमाडौँ निवासी*
काठमाडौं – मकवानपुर निवासी व्यक्तिमा संक्रमण भेटिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मकवानपुर घर भएका ती व्यक्ति हाल काठमाडौँ निवासी भएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मकवानपुर निवासी ३७ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो ।
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार अन्य संक्रमितहरु बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।
नेपालमा शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
सह–प्रवक्ता अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
*यसअघि मकवानपुरमा संक्रमण भेटिएको भनिए पनि ती व्यक्ति काठमाडौँमा नै बसोबास गर्ने गरेको खुलेको छ । त्यसलाई क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेस तयार
-
सहकारी समस्या समाधानका विषयमा हामी प्रष्ट छौँ : प्रमुख सचेतक पाण्डे
-
बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न सिफारिस
-
बाँके घटना : खुट्टामा गोली लागेका सुशीलको भेरी अस्पतालमा उपचार हुँदै
-
आइसक्रिम खाने बित्तिकै खानु हुँदैन यी चिज
-
जसपा विभाजनपछि मधेश प्रदेश सरकार संकटमा