नेकपाले बोलायो सचिवालय बैठक
शुक्रबार, ०२ जेठ २०७७, ०८ : ५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेलाई बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
बैठकमा सरकारले आज ल्याउने नीति तथा कार्यक्रमका साथै कोरोना भाइरसको बढ्दो संक्रमणका बारेमा छलफल हुने बताइएको छ । त्यस्तै गत वैशाख ३१ गते बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछिको अवस्थाका बारेमा समत सचिवालय बैठकमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।
यसअघि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि वैशाख २४ गते स्थगित गरिएको थियो भने ३१ गतेका लागि बोलाइएको बैठक सुरुहुनुभन्दा डेढघण्टा अघिमात्र स्थगित भएको थियो । पटक पटक बैठक बोलाउने र स्थगित गर्ने गरिएको भन्दै स्थायी समिति सदस्यहरु असन्तुष्ट हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण