महिलामाथि कुटपिट भएपछि घटना साम्य पार्न गएका प्रहरीमाथि आक्रमण
रौतहट – रौतहटको कटहरिया नगरपालिका–८ पोखरियामा एकजना दलित महिलालाई कुटपिट गरिरहेको घटना साम्य पार्न गएका प्रहरी टोली माथिनै आक्रमण भएको छ ।
प्रहरीमाथि भएको आक्रमणमा इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंह, हवल्दार रामचन्द्र तिवारी र प्रहरी जवान रंजित यादवलाई चोटपटक लागेको छ ।
पोखरियामा शुक्रवार राति एकजना दलित महिलालाई केही स्थानीयले कुटपिट गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहको कमाण्डमा प्रहरी टोली गएको थियो ।
पोखरियामा केही मानिसले महिलालाई कुटपिट गरेर अचेत बनाएको र प्रहरी पुग्दापनि कुटपिट जारी राखेकाले हवलदार रंजित यादवले कुटपिट गर्ने एकजनालाई नियन्त्रणमा लिए ।
उक्त व्यक्तिलाई नियन्त्रणमा लिएलगत्तै झण्डै दुईदर्जन मानिसले प्रहरीको हातको लाठी खोसेर एकैपटक प्रहरीमाथि आक्रमण गरेको सई सिंहले बताएका छन् ।
आक्रमणलगत्तै गाँउलेहरुले प्रहरीमाथि ढुंगा मुढासमेत सुरु गर्दा स्थिती नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरुडाबाट थप मद्दत लिएर घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको सई सिंहले जानकारी दिए ।
पक्राउ पर्नेमा कटहरिया ८ का बर्ष २५का श्रीचन साह, ३२ का बच्चेलाल साह, ३७ का लालबाबु ठाकुर र ६० का प्रतापबिक्रम साह रहेका र घटनाबारे थप अनसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् ।
कुटपिटबाट घाइते महिलाको कटहरियास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण