महिलामाथि कुटपिट भएपछि घटना साम्य पार्न गएका प्रहरीमाथि आक्रमण
रौतहट – रौतहटको कटहरिया नगरपालिका–८ पोखरियामा एकजना दलित महिलालाई कुटपिट गरिरहेको घटना साम्य पार्न गएका प्रहरी टोली माथिनै आक्रमण भएको छ ।
प्रहरीमाथि भएको आक्रमणमा इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंह, हवल्दार रामचन्द्र तिवारी र प्रहरी जवान रंजित यादवलाई चोटपटक लागेको छ ।
पोखरियामा शुक्रवार राति एकजना दलित महिलालाई केही स्थानीयले कुटपिट गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहको कमाण्डमा प्रहरी टोली गएको थियो ।
पोखरियामा केही मानिसले महिलालाई कुटपिट गरेर अचेत बनाएको र प्रहरी पुग्दापनि कुटपिट जारी राखेकाले हवलदार रंजित यादवले कुटपिट गर्ने एकजनालाई नियन्त्रणमा लिए ।
उक्त व्यक्तिलाई नियन्त्रणमा लिएलगत्तै झण्डै दुईदर्जन मानिसले प्रहरीको हातको लाठी खोसेर एकैपटक प्रहरीमाथि आक्रमण गरेको सई सिंहले बताएका छन् ।
आक्रमणलगत्तै गाँउलेहरुले प्रहरीमाथि ढुंगा मुढासमेत सुरु गर्दा स्थिती नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरुडाबाट थप मद्दत लिएर घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको सई सिंहले जानकारी दिए ।
पक्राउ पर्नेमा कटहरिया ८ का बर्ष २५का श्रीचन साह, ३२ का बच्चेलाल साह, ३७ का लालबाबु ठाकुर र ६० का प्रतापबिक्रम साह रहेका र घटनाबारे थप अनसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् ।
कुटपिटबाट घाइते महिलाको कटहरियास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता
-
कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता
-
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन
-
सम्मेलनमा सहभागी विदेशीले जलविद्युतलाई महत्त्व दिएका छन् : मन्त्री बस्नेत
-
तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
-
रुपन्देहीमा बालिकामाथि जबरजस्ती करणी