लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक बोलाइयो
काठमाडौ । लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक आज आइतबार बस्दैछ । सरकारले अन्तिमपटक थपेको लकडाउनको समय जेठ भोलि बैशाख ५ गतेदेखि सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक दिउसो साढे २ बजे बोलाइएको प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिए ।
राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको अवधी अझै थप गर्ने बुझिएको छ भने जारी लकडाउनलाई पनि कडाई गर्ने सरकारको तयारी छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ । समितिले शुक्रबार गरेको जनस्वास्थ्यविद्हरुसँगको छलफलमा अधिकांश चिकित्सिक तथा विज्ञहरुले लकडाउन र स्वास्थ्य परिक्षणको दायरा बढाउदै लैजान सुझाव दिएका थिए ।
नेपालका हालसम्म २ सय ९१ जनामा कोरणा संक्रमण भएको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन् । एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाको संक्रमण २८ जिल्लामा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण