नेपाली सेनाका पृतनापतिलाई नै कोरोना संक्रमण भएपछि ब्यारेक सिल
जनकपुर । नेपाली सेनाका पृतनापतिमा कोरोना संक्रमण पुष्टि भएपछि व्यारेक सिल गरिएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण पुष्टि भएएपछि ब्यारेकलाई पूर्णरुपमा सिल गरिएको हो । पृतनापति र व्यारेकका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि करिब २ हजार सेना रहेको ब्यारेकलाई पूर्ण रुपमा सिल गरिएको छ ।
उक्त व्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, विद्यालय गण लगायतमा कूल २ हजार संख्यामा सेनाहरु तैनाथ छन् । ब्यारेकमा कार्यरत सेनाका जवानहरूमा संक्रमण बढ्न नदिन उनीहरुलाई आवतजावतमा समेत रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले उनीहरुलाई सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले संक्रमित पृतनापति र चिकित्सक दुवैलाई उपचारका लागि सेनाकै गाडीमा काठमाडौँ पठाइएको बताए । उनीहरुको उपचार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेशनमा भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी खत्रीले भने– ‘दुवै संक्रमित प्रदेश नम्बर २ का विभिन्न स्थानमा गएर स्वाब संकलन कार्यमा संलग्न थिए । त्यहाँ नै उनीहरुलाई संक्रमण भएको हुनुपर्छ ।’ पृतनापति र चिकित्सक जनकपुरधाम र बीरगञ्ज लगायतका विभिन्न स्थानमा स्वाब संकलनका लागि पुगेको खत्रीले जानकारी दिए । अहिले ती सबै स्थानमा कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण