उपत्यकासहित देशभर तापक्रम वढ्यो
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज ३० दशमलव सात डिग्री सेल्सियस रहेको छ । ‘अबको केही दिन तापक्रम निरन्तर वृद्धि भइरहने भइरहने छ’, उनले भने । कुनै मौसमी प्रणाली विकसित भएपछि मात्र तापक्रम घट्ने र तत्काल वर्षा हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पूर्वी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । दिउँसो देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ । मंगलबार देशको पूर्वी भूभागमा र मध्य तथा पश्चिमी पहाडी भूभागमा मध्याह्नपछि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै दिपालको ३६ दशमलव पाँच, धनगढीको ३७ दशमलव पाँच, वीरेन्द्रनगरको ३४ दशमलव पाँच, दाङको ३४ दशमलव सात, पोखराको ३१ दशमलव शून्य , सिमराको ३६ दशमलव पाँच र धनकुटाको २५ दशमलव छ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित नेपालका पाँच खेलाडी
-
गुल्जार छैन मुग्लिन बजार : निरास भेटिन्छन् व्यवसायीहरू
-
दूर्तमार्गको सुरु बिन्दु डुकुछापमा कायम गराउन माग गर्दै सुझाव प्रतिवेदन हस्तान्तरण
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
-
प्रधानमन्त्रीदेखि मन्त्रीहरूको विदेश भ्रमणमा लर्को
-
विशेषले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार