संसदमा मन्त्रीहरु नआएकोमा सांसद लामाको आपत्ति
काठमाडौं ।नेपाली काँग्रेसका सांसद बहादुरसिंह लामाले देश विपत्तिमा परेका बेला सरकारका मन्त्रीहरु संसदमा नआएको भन्दै आपत्ति जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद लामाले देशको जटिल अवस्थामा संसदमा मन्त्रीहरु नआउनु दुःखको कुरा भएको बताए । कोरोना भाइरसबाट देश संकटमा परेको, स्वास्थ्य सामग्री, कारोना परीक्षण किटको अभाव भइरहेको बेला स्वास्थ्य मन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग उनले गरे ।
यस्तै, भारतले देशको सिमा मिचिरहेको बेला संसदमा परराष्ट्रमन्त्री र रक्षामन्त्री रहनुपर्ने उनको भनाई छ । उनले भने– ‘देशको सिमानामा विवाद भइरहेका बेला संसदमा अहिले परराष्ट्रमन्त्री हुनुपर्छ कि पर्दैन ? रक्षामन्त्री हुनुपर्छ कि पर्दैन ? सिमानामा आफ्नो देश फर्किन आएका नेपालीको रक्ष गर्नु पर्छ कि पर्दैन ? यो संवेदनशील अवस्था हो कि हैन । यस्तो संवेदनशील अवस्थामा पनि सरकार मौन बसेको छ । सरकार लचार भएको छ । नीति तथा कार्यक्रमको यति लामो छलफलमा पनि सरकार उपस्थित नहुनु दुखको कुरा हो ।’
उनले संसदमा कम्तिमा ३ जना मन्त्री सहभागी हुनुपर्नेमा जोड दिए । बाध्यताका कारण लाखौं नेपाली शिक्षाका लागि, बैदेशिक रोजगारीमा गएको बताउँदै उनीहरुलाई सरकारले उद्धार गर्नुपर्दैन भन्दै प्रश्न गरे । सरकार गम्भीर विषयमा पनि संवेदनशील नभएको उनको आरोप छ । उनले कोरोनाबाट मृत्यु भएपछि सुत्केरीमा कोरोना भेट्ने सरकारले बच्चा र परिवारमा किन संक्रमण देखिएन त्यसको सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण