छुट्टीमा गएका नेपालीहरु साईप्रस फर्कन पाउने
साईप्रस । स्वदेश एवम् विदेश भ्रमणमा गएका र उतै भिषा सकिएकाहरुले फेरि आबेदन फारम भरेर साईप्रस प्रवेश गर्न पाउने भएका छन् । साईप्रसको सिभिल रजिस्ट्री एवम् माईग्रेशन डिपार्टमेन्टले सोमबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
खासगरी नेपाल छुट्टीमा गएका श्रमिक एवम् विद्यार्थीहरुको न्युनतम ३ महिनाको भिषा छ भने एयरपोर्ट खुल्ने वित्तिकै आउन पाउने र जसको भिषा सकिएको छ, उनीहरुले डिपार्टमेन्टको वेभसाईटमा गई अबेदन दिन अनुरोध गरिएको छ ।
नेपाल वा अन्य देश गएर १५ मार्च २०२० भित्र साईप्रस प्रवेश गर्न नसकेकाहरु र भिषा भएकाहरुले एयरपोर्ट खुलेपछि आउन सक्ने डिपार्टमेन्टले आफनो बेभसाईटमा उल्लेख गरेको छ । कोरोना महामारी सुरु हुनुभन्दा पहिला धेरै नेपाली श्रमिक एवम् विद्यार्थीहरु नेपाल पुगेका छन् । यो सूचना प्रकाशित भएसँगै उनीहरुलाई साईप्रस पुनः प्रवेश गर्न सहज हुने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण