बेपत्ता परिवारको अभिभावक बन्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनका क्रममा वेपत्ता भएका योद्धाहरुका परिवारको अभिभावकत्व लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष प्रचण्डले बुधबार वेपत्ता योद्धा दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै वेपत्ता परिवार र तिनका सन्नतिहरुको शिक्षादिक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्नसरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘महान् जनयुद्ध, ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता हुनुभएका सम्पूर्ण योद्धाहरुको स्मृति दिवसका सन्दर्भमा उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु’, अध्यक्ष प्रचण्डको विज्ञप्तिमा उल्लेख छ ।
प्रचण्डले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता भएका योद्धाहरुको संघर्षका कारण नै आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा पुगेको पनि बताएका छन् ।
‘महान् वेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो । यस सन्दर्भमा हाम्रो पार्टी बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता दोहोयाउँछ’, प्रचण्डको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण