लकडाउनमा हेलचक्र्याइँ गर्दा कोरोनाको जोखिम बढ्दै
जनकपुरधाम – यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै गएको सम्बद्ध व्यक्तिहरूकोे भनाइ छ ।
लहान समाचारदाता जिवछ यादवका अनुसार बन्दाबन्दीको पूर्ण पालना नहुनाले सिरहाका सरोकारवाला निकायबाट चिन्ता व्यक्त गर्न थालिएको छ । लहान स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादव देशकै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा समेत बन्दाबन्दीको पूर्ण पालना नभएको बताउँछन् ।
प्रहरी गाडी आएपछि घरभित्र जाने अरूबेला हेलचक्र्याइँ गर्ने, साँझबिहान चिया पसल, मदिरा पसल र चोकमा गफ गरेर बस्नेहरूको भीडभाडले कोरोना सङ्क्रमित हुनसक्ने जोखिम बढ्दै जान थालेको बताइन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक