जनताका रगतको अपमान पराकाष्टामा !
बिहीबार, ०८ जेठ २०७७, १७ : १८
देश विदेश जताततै पोखिएको छ
जनताको रगत !
श्रमजीवी जनताको रगत !
त्यसै रगतको सम्मानमा र
त्यसै रगतको सम्मानका लागि—
आफ्नो रगत थपेर,
हिजो कम्युनिष्टहरुले
मुलुकमा रातो झण्डा उठाए ।
त्यसै रगतको अपमानमा
आजका सत्तासीनहरु
आफ्नो ठान मान शान प्रदर्शन गर्न—
श्रमिक जनताका रगतमाथि टेक्दैछन्
जनदमनकारी, त्रूmर र कुख्यात—
सामन्ती औपचारिकताको निरन्तरताका लागि
आफू हिँड्ने बाटोमा
रातो कम्बल बिच्छ्याउन लगाएर
मचक् मचक् टेक्दैछन् ।
श्रमिक जनताका रगतमाथि टेक्दैछन्
देशविदेशमा छरिएका नेपाली जनताको
रगत्माथि टेक्दै छन् ।
टेकिरहेकाछन् ।
आम जनताका असीम पीडा र छटपटीका क्षणमा पनि ।
कति निरीह र निर्मम छन् यी —
कम्युनिष्ट नाममाथिका कलङ्कहरु !!
Title photo: Banner vector created by macrovector - www.freepik.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण