केही दिन अघि मात्र भारतबाट आएका थिए पश्चिम नवलपरासीका तीन नयाँ संक्रमित
पश्चिम नवलपरासीमा शुक्रबार ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाको रामग्राम नगरपालिकामा दुई र सुस्ता गाउँपालिकामा एक जना गरी कूल ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि गरेको हो । संक्रमण पुष्टि हुनेमा रामग्राम नगरपालिका वडा ३ का ३५ वर्षीय पुरुष, वडा नम्बर १८ कि १८ वर्षीया युवती र सुस्ता गाउँपालिका–५ का ३३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
कार्यायलका अनुसार क्वारेन्टाइनमा बसिरहेका उनीहरुको स्वास्थ्य परिक्षणका लगि कार्यालयले थ्रोट स्वाबको नुमना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाएको थियो । अरुको रिपोर्ट नेगेटिभ आएपनि उनीहरु पोजेटिभ भेटिएपछि उनीहरुको कन्टेक्ट ट्रेसिङ गर्ने कार्य भैरहेको र आवश्यक परे सम्बन्धित वडाहरु पनि सिल गर्ने स्थानिय प्रशासनले जनाएको छ । उनीहरु अहिले सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा छन् र नजिकको आईशोलेशनमा पठाउने तयारी पनि भैरहेको छ कार्यालयले जनाएको छ ।
संक्रमित व्यक्तिहरु रोजगारीको सिलसिल भारतमा बस्दै आएका थिए तर लकडाउनका कारण उनीहरु केही दिन अगाडी मात्र जिल्लामा प्रवेश गरेका थिए । उनीहरुलाई सम्बन्धित गाउँपालिकको क्वारेन्टाइनमा राखिएको थियो । हालसम्म जिल्लामा कुल ५ जनामा कोरोनासंक्रमति भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण