नवलपुरका संक्रमित भारतको गुजरातबाट आएका थिए
गण्डकी प्रदेशको नवलपुर जिल्लामा आज पुष्टि भएका कोरोनाभाइरस संक्रमित जेठ १ गते भारतको गुजरातबाट नेपाल आएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । विनय त्रिवेणी गाउँपालिका–६ का ४५ पुरुष नेपाल छिर्ने बेलामा सुस्ताको बोधी नगरमा रहेको क्वारेन्टाइनमा दुई दिन बसेर उच्च ज्वरो आएपछि एम्बुलेन्स चढेर आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबाट नतिजा आए लगत्तै उनलाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको बताइएको छ ।
उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी गरि स्वाव परिक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनीसँग सम्पर्कमा रहेकाहरुलाई सम्पर्कमा आउनका लागि आह्वान समेत गरिएको । नवलपुरबाट उनीसँगै ३१ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको बताइएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या पाँच पुगेको छ । ती मध्ये दुईजना उपचारपछि घर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण