अमेरिकाले ब्राजिलमाथि लगायो यात्रा प्रतिबन्ध
ट्रम्प प्रशासनले पछिल्लो १४ दिनमा ब्राजिल पुगेका विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । ल्याटिन अमेरिकी देश ब्राजिल हालै कोरोनाभाइरसद्वारा सर्वाधिक ग्रसित देशको दोस्रो हटस्पटको रुपमा देखिएको छ ।
ब्राजिलमा संक्रमितको संख्या तीन लाख ६० हजार पुगेको छ भने हालसम्म २२ हजार बढीको ज्यान गइसकेको छ । ह्वाइट हाउसकी एक प्रवक्ताले अमेरिकामा बाहिरबाट कुनै नयाँ केस नआओस् भन्ने उद्देश्यसहित यस्तो प्रतिबन्ध लगाइएको जानकारी दिइन् ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली मेकेनीले भनिन्, ‘प्रतिबन्धको निर्णयबाट हामी यो कुरामा निश्चित हुनेछौं कि जो विदेशी नागरिक ब्राजिलमा छन्, उनीहरु हाम्रो मुलुकका लागि संक्रमणका अतिरिक्त स्रोत नबनून् ।’
पछिल्लो दुई हप्तामा जो पनि ब्राजिल गएका छन् उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । यो प्रतिबन्धका कारण दुई देशबीचको व्यापार भने प्रभावित हुनेछैन । यो प्रतिबन्ध २८ मे देखि प्रभावकारी हुनेछ । यद्यपि, यो यात्रा प्रतिबन्ध अमेरिकी नागरिकमाथि भने लागू हुनेछैन । अबका दिनमा अमेरिकाले यस्तो खालको प्रतिबन्ध अन्य देशमा पनि लगाउन सक्ने अनुमान गरिएको छ ।
यसअघि अमेरिकाले चीन, इरान, युरोपको शेंगन इलाका, ब्रिटेन र आयरल्याण्डको यात्रामा गएकालाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो । क्यानडा र अमेरिका बीच पहिले नै अनावश्यक यात्रामा प्रतिबन्ध लगाइने विषयमा सहमति भएको छ ।
ब्राजिलले हालै कोरोनाभाइरसको संक्रमणको मामलामा रुसलाई पछि पारेको थियो र अमेरिकापछि दोस्रो नम्बरमा आएको थियो । अर्कोतर्फ अमेरिकामा संक्रमितको संख्या १६ लाख पार भइसकेको छ भने मृतकको संख्या करिब एक लाख पुगेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण