आज लकडाउनको ६४ औं दिनः सवारी साधनको जाँचमा कडाइ
मङ्गलबार, १३ जेठ २०७७, १४ : ४५
काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आज ६४ दिन पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन जारी गरेको छ । सरकारले जेठ २० गते सम्मका लाग लकडाउनको समय तोकेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ । उपत्यकाका मुख्य सडकहरुमा अत्यावश्यक सवारी साधन, सञ्चार माध्यमका सवारी साधन, स्वाथ्यकर्मीका सवारीसाधन बाहेकका सवारी साधनको आवागमन देखिदैन् ।
सुरक्षाकर्मीले ठाउँ–ठाउँमा बसेर सवारी साधनको जाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । यस्तै भित्री सडक छेउमा रहेका खाद्यान्न तथा तरकारीका पसलहरु बिहान बेलुका खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण