शोक प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद दुर्योधनसिंह चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
विसं २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं १ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सिंहको ७० वर्षका उमेरमा यही जेठ ९ गते निधन भएको थियो । उनको बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
‘चौधरीको निधनमा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ’, शोक प्रस्तावमा भनिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १४ गते अपराह्न २ बजे बस्नेछ ।
राष्ट्रियसभाको आजको बैठकले पनि पूर्वसांसद चौधरीको निधनप्रति सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १५ गते साँझ ६ः३० बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण