नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई पीसीआर मेसिन खरिद गर्न वित्तीय सहयोग
मङ्गलबार, १३ जेठ २०७७, २० : ४३

काठमाडौं– नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई उक्त प्रदेशको अस्पतालमा पीसीआर मेसिन खरिद गर्न वित्तीय सहयोग प्रदान गरेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिन खरिदका लागि वित्तीय सहयोग गर्ने भएको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ । सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमूना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग मिल्ने र पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ड्रेस टु इम्प्रेस’ मा ४ डिजाइनर उत्कृष्ट
-
आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्डमा मिलन र मिस पवी उत्कृष्ट, अन्य कसले पाए अवार्ड ?
-
इजरायलको मुख्य विमानस्थलमा कसले गर्यो मिसाइल हमला ?
-
सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
-
हेटौँडामा जमिनमुनि भासिएको गाडी अझै भेटिएन
-
खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा