भारतबाट सलह नेपाल छिर्दै
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् ।
सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ। भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो।
नेपालमा पश्चिमी दिशाबाट यो फट्यांग्रा भित्रिन लागेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यसले बढी सुदूरपश्चिमका जिल्लासँगै कर्णाली, प्रदेश ५ र पूर्वी जिल्लालाई प्रभाव पार्न सक्ने बताइएको छ।
भारतीय सीमासँग तराईका जिल्ला सबैभन्दा नजिक भएकाले असारदेखि लगाइने धानबालीलाई यसले ठूलो नोक्सानी पार्न सक्ने विज्ञहरूको भनाइ छ। यो फट्यांग्राले मुख्य गरी खाद्यान्न बालीलाई नराम्रो तवरबाट नष्ट गर्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन(एफएओ) ले चेतावनी दिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने
-
बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’
-
मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा
-
वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो
-
अहिले गृहमन्त्री लामिछानेको ठगी प्रकरणबारे मात्रै छानबिन समिति बनाउनुपर्छ ः भीमसेनदास प्रधान
-
अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ७० जनाको मृत्यु