साहित्यकार–कलाकार परिचयकोष परिमार्जनसहित आउने
शुक्रबार, १६ जेठ २०७७, १२ : ३६
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘साहित्यकार-कलाकार परिचय कोश’को नयाँ संस्करण प्रकाशन गर्ने भएको छ । यसअघि प्रकाशित कोशलाई परिमार्जन गरी प्रकाशन गरिने भएको हो ।
कोशको परिमार्जित संस्करणमा यसअघिको संस्करणमा छुटेका वाङ्मयका भाषासाहित्य, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्र, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, विज्ञान, कलासङ्गीत, नृत्य, अभिनयलगायत विभिन्न विधाका लेखक तथा प्रतिभाको विवरण समावेश गरी अद्यावधिक गरेर प्रकाशन गर्न लागिएको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बताए ।
सदस्य सचिव उपाध्यायले साहित्यकार, कलाकार तथा प्रतिभाहरुलाई आगामी असार १५ भित्र आआफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझाको हरियो पहिचान बदलेर ‘ब्लू बस’ बनाउनु उपयुक्त छैन, रङ होइन सोच बदलौँ : कुलमान घिसिङ
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण