साझाको हरियो पहिचान बदलेर ‘ब्लू बस’ बनाउनु उपयुक्त छैन, रङ होइन सोच बदलौँ : कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ‘ब्लू बस’ सञ्चालन गर्ने योजना ल्याएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
यस योजनाका लागि साझा यातायातका बसहरू प्रयोग गरिने चर्चा चलिरहेको सन्दर्भमा उनले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम भए पनि साझाको हरियो पहिचान परिवर्तन गर्न खोज्नु उपयुक्त नभएको बताएका हुन्।
साझा यातायातले विद्युतीय सवारी (इभी) प्रवर्द्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु नहुने उनको भनाइ छ। हरियो रङ केवल रङ मात्र नभएर वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक र हरेक क्षेत्रलाई हरित बनाउने राष्ट्रिय सङ्कल्प समेत भएको उनले स्पष्ट पारेका छन्।
महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु स्वागतयोग्य पहल भए पनि वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु रहेको घिसिङले उल्लेख गरेका छन्। महिलाको सुरक्षा कुनै एउटा ‘ब्लू बस’ मा मात्र सीमित नभएर सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिलामैत्री बन्नुपर्नेमा उनले जोड दिएका छन्।
रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको औँल्याउँदै उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरी सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्ने धारणा राखेका छन्। त्यस्तो अवस्थामा मात्र महिलाको समान सहभागिता र सुरक्षित जीवनयापनको वास्तविक सुनिश्चितता हुने उनको ठहर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण