लकडाउनको आज ६७ औं दिनः मुलुकभरको जनजीवन थप कष्टकर बन्दै
काठमाडौं । आज (शुक्रबार) लकडाउनको ६७ दिन पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन जारी गरेको छ । जेठ २० गते मंगलबार मध्यरात सम्मका लागि लकडाउनको अवधि तोकिएको छ ।
लामो समयसम्म लकडाउन भएपछि जनजीवन भने प्रभावित भएको छ । लकडाउनका कारण काठमाडौं उपत्यका भित्रका मुख्य सडकमा अत्यावश्यक ढुवानी तथा सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका सवारी साधन चलेका छन् । पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षाकर्मीले सवारी साधन सञ्चालनमा कडाई गरेको छ ।
प्रहरीले अत्यावश्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरेको छ । मुख्य सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिन्छ । उपत्यकाका भित्री सडक क्षेत्रमा रहेका खाद्य सामग्री तथा तरकारीका पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर अत्यावश्यक खाद्य सामग्री खरिद गरेको देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको प्रेस ब्रिफिङअनुसार नेपालमा कूल १ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण देखापरेको छ । जसमध्ये १ सय ८७ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । यस्तै कूल ६० हजार ९ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । कूल ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ सय ५० जना आइसोलेसनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण