दाङमा ८ जना कोरोना जितेर घर फर्किए
शुक्रबार, १६ जेठ २०७७, १६ : १९
बुटवल । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ८ जना कोरोना जितेर आज घर फर्किएका छन् । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना रहेका छन् । संक्रमितहरुको २ पटकसम्म चेकजाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो ।
‘७ दिन र त्यसको ४८ घण्टापछि पनि चेकजाँच गर्दा नेगेटिभ आएपछि कोरोना संक्रमणबाट मुक्त भन्ने बुझिन्छ ’ वलीले भने । जसअनुसार आज दिउँसो डिस्चार्ज गरेको छौं ।’कोरोना अस्पतालमा ४५ जनाले उपचार गरिरहेकोमा अहिले ३७ जनाले उपचार गरिरहेका छन् । डिस्चार्ज हुने सबै जेठ २ गते अस्पतालमा आएका थिए । बुटवल कोरोना अपस्पतालबाट भने अहिलेसम्म ११ जना डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या