दाङमा ८ जना कोरोना जितेर घर फर्किए
शुक्रबार, १६ जेठ २०७७, १६ : १९
बुटवल । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ८ जना कोरोना जितेर आज घर फर्किएका छन् । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना रहेका छन् । संक्रमितहरुको २ पटकसम्म चेकजाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो ।
‘७ दिन र त्यसको ४८ घण्टापछि पनि चेकजाँच गर्दा नेगेटिभ आएपछि कोरोना संक्रमणबाट मुक्त भन्ने बुझिन्छ ’ वलीले भने । जसअनुसार आज दिउँसो डिस्चार्ज गरेको छौं ।’कोरोना अस्पतालमा ४५ जनाले उपचार गरिरहेकोमा अहिले ३७ जनाले उपचार गरिरहेका छन् । डिस्चार्ज हुने सबै जेठ २ गते अस्पतालमा आएका थिए । बुटवल कोरोना अपस्पतालबाट भने अहिलेसम्म ११ जना डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण