भारतको बल मिच्याईप्रति अमेरिकामा बस्ने नेपालीको आपत्ति
अमेरिका । अमेरिकाको नेपालिज् एसोसियसन ईन साउथ ईष्ष्ट अमेरिका (नासा)ले नेपाल र भारतको कालापानी,लिपुलेक लिम्पियाधुरा सम्बन्धि सीमाना विवाद बिषयमा एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।
नासाका अध्यक्ष बिनय अर्याल तथा महासचिव कृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा हालै अन्तरराष्ट्रिय सिमानाको सत्य र तथ्यलाई समेत वास्ता नगरि एक पक्षिय ढंगले मित्रराष्ट्र भारतले नेपालको भूमिमा बाटो बनाई भूमिसमेत अधिकरण गरेको प्रति नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा) को गम्भीर ध्यानाकर्षण र आपत्ति रहेको जनाइएको छ ।
विवादित विषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण वातावरणमा राजनैतिक र कुटनैतिक तवरबाटै समाधान होस् र नेपालको भूमि फिर्ता होस् भन्ने नासाको अधिकारिक धारणा रहेको जानकारी गराएको छ ।
नासाको विज्ञप्तिको पूर्ण पाठः
हालै अन्तरराष्ट्रीय सिमानाको सत्य र तथ्य लाई समेत वास्ता नगरि एक पक्षिय ढंगले मित्रराष्ट्र भारतले नेपालको भूमिमा बाटो बनाई भूमी समेत अधिकरण गरेको प्रति नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा) को गम्भीर ध्यानाकर्षण र आपत्ति जनाउँदछ ।
कुनै पनि राष्ट्रको भौगोलिक अखण्डता प्रति कुनै पनि राष्ट्रले सम्मान गर्ने र मर्यादा राख्नुपर्ने अन्तर्राष्ट्रिय मूल्य, मान्यता, प्रचलन र बाध्यात्मक अन्तर्राष्ट्रिय कानुनी परिस्थिति पनि भएको ब्यहोरालाई मनन् गर्दै सत्यतथ्यकै आधारमा महाकाली नदी पूर्वको कालापानी लिपुलेक लिम्पियाधुरा लगायतको भूभागहरू नेपालको नै रहेको नासाको पनि भनाइ रहेको छ ।
यसै सन्दर्भमा हालसालै नेपाल सरकारले नयाँ नक्सा प्रकाशित गरि लागू गरेकोमा नासा खुशी ब्यक्त गर्दै नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छ। नेपालीलार्इ नक्सा मात्र होइन भूमि पनि चाहिएको छ, तसर्थ रास्ट्रियताको सबालमा सबै राजनीतिक पार्टी ,एबम सम्पूर्ण नेपाली जनता एक भएर आफ्नो भुमिप्रप्तिकोलागि यस अवसरमा एकजुट हुन नासा हार्दिक अपिल गर्दछ।
यथासिघ्र दुबै राष्ट्रहरूको सरकारको उच्चस्तरी प्रतिनिधि मण्डलमार्फत सत्य–तथ्य कै आधारमा दुइपक्षिय बार्ता तथा अन्तर्राष्ट्रीय सीमा सम्बन्धीको नियमलाई समेत छलफल गरि विवादित बिषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण वातावरणमा राजनैतिक र कुटनैतिक तवरबाटै समाधान होस् ।
र नेपालको भूमि फिर्ता होस् भन्ने नासाको अधिकारिक धारणा रहेको जानकारी गराउँदै पौराणिक कालदेखि नै अति सुमधुर र सौहार्दपूर्ण मैत्री सम्बन्ध रही आएको यी दुई छिमेकी राष्ट्रहरूबीच सोही बमोजिम कै सम्बन्धमा अझ बढ़ी प्रगाढता थपी सुमधुर सम्बन्ध अनन्तकाल सम्म रहि रहोस् भन्ने नासा हार्दिक कामना समेत ब्यक्त गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण