आइतबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसका साथै, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको भने स्थानीय वायुको पनि प्रभाव रहेको छ।
यसैगरी, महाशाखाले हाल देशभरी नै सामान्य बदली भइरहेको र केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।
यस्तै, आइतबार दिउँसो देशका धेरै स्थानहरुमा सामान्य बदली हुने पूर्वानुमानमा उल्लेख छ । देशका केही स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा आइतबार राति पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदलीको सम्भावना रहेको छ । भने अन्य क्षेत्रहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।
यस्तै, पूर्वी भूभागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण