क्वारेन्टिनमै जन्मियो बच्चा !
आइतबार, १८ जेठ २०७७, १० : ५१
दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छिन् ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् ।
क्वारेन्टिनमा बसेकी उनलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको र राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ ।
मीना र उनका श्रीमान् मनबहादु यही जेठ १० गते मात्र भारतको कुरदुवारबाट ठाटीकाँध आइपुगेकी हुन् ।
नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण