रौतहटमा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा, दोषीमाथि कारवाही नभए काम नगर्ने चेतावनी
रौतहट । कोरोनाभाइरसबिरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थकर्मीमाथि ढुंगामुढा गर्नेमाथि कारवाहीको माग गर्दै रौतहट क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी आन्दोलित बनेका छन् । भारतीय सीमानासँग जोडिएको रौतहटको ईशनाथ नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी आन्दोलित बनेका हुन् ।
ईशनाथ नगरपालिका वडा ६ जोकहागाँउमा तीन दिन अघि स्थानीय दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितलाई गाउँकै एक मदरसामा राखेर उपचार गर्नुपर्ने माग गर्दै केही स्थानीयले सुरक्षाकर्मीसँगै स्वास्थकर्मी माथि ढुुंगामुढा गरेका थिए ।
आफनो ज्यान थातीमा राखेर बिरामीको सेवा गर्दा गर्दै आफुुहरु सुरक्षित नरहेको भन्दै नगर स्वास्थ्य संयोजक ईशराजुुल खानले एक विज्ञप्ति जारी गर्दै शनिवार साँझदेखि आन्दोलनमा उत्रेको जानकारी दिएका छन् ।
पहिलो दिनको आन्दोलनमा हिजो साँझ नगरपालिका अगाडी केही बेर धर्नामा बसेर प्रदर्शन गरिएको थियो । आज फेरि बैठक बसेर आन्दोलनको कार्यक्रम अगाडी बढाउने संयोजक खानले रातोपाटीलाई जानकारी दिएका छन् ।
‘ढुुंगामुढा गर्ने दोषीलाई स्थानीय प्रशासनले कार्वाही नगरेमा हाम्रो आन्दोलनको बेवास्ता गरेमा हामी सामुहिक रुपमै नगरभरका सबैजना स्वास्थकर्मी क्वारेन्टाइनमा काम गर्ने छैनौँ,’ संयोजक खानले चेतावनी दिएका छन् ।
दोषीलाई कारवाहीका साथै सबै स्वास्थकर्मीको सुरक्षाको जिम्मा स्थानीय प्रशासनले लिनुुपर्ने माग पनि रहेको संयोजक खानले बताएका छन् ।
यता, जिल्ला सुरक्षा समितिका संयोजक रौतहटका सिडिओ बाशुदेव घिमिरेले स्वास्थकर्मीमाथि ढुुंगामुढा गर्नेलाई कार्वाही गर्न पहल भइरहेको र स्वास्थकर्मीको सुरक्षाको जिम्मा पनि लिने प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण