म्याग्दीका संक्रमितसँग एउटै गाडीमा आएका ५ जना सम्पर्कविहिन भएपछि ...
पोखरा । म्याग्दीका कोरोना संक्रमितसँग आएका ५ जना सम्पर्क विहिन भएपछि गण्डकी प्रदेशले सूचना निकालेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार संक्रमितसँग एउटै गाडीमा आएका ५ जना सम्पर्कमा नआएपछि सूचना निकाल्नु परेको हो ।
गत ९ गते भैरहवाको नमुना माविमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर म्याग्दी हिंडेको गाडीमा सवार ५ जना सम्पर्कमा नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निर्देशक डाक्टर शर्माले संक्रमितसँग एउटै गाडीमा आएका हराएपछि विज्ञप्ति निकालेर सम्पर्कमा ल्याउन आग्रह गरिएको जानकारी दिए । ‘हामीसँग त्यस्तो संयन्त्र नै छैन’ उनले भने, ‘संक्रमितसँग एउटै गाडीमा आएकोहरुलाई पनि थाहा नहुन सक्छ, यसले थप जोखिम पनि बढ्ने भयो ।’
म्याग्दी यातायात प्रा.लि.को गाडी नम्बर ना ५ ख, २८९८ नम्बरको गाडीमा आएकामध्ये म्याग्दीका १ जना गएको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार उक्त गाडीमा २३ जना यात्रु चढेका थिए ।
२३ यात्रुमध्ये १ जना गोरखा जानको लागि आँबुखैरेनीमा ओर्लेका थिए । लमजुङ जान ३ जना यात्री डुम्रेमा ओर्लेको निर्देशनालयले जनाएको छ । यस्तै पोखरा महानगरपालिकाको पुरानो बसपार्कमा २ जना यात्रु ओर्लेको निर्देशनालयले सूचना प्राप्त गरेको जनाएको छ । गोरखा, लमजुङ र पोखराका गरि ५ जना व्यक्ति सम्पर्कमा नआएको निर्देशनालयले जनाएको छ ।
म्याग्दीका संक्रमितसँगै आएको हुनाले पनि उनीहरुमा कोरोना संक्रमण हुन सक्ने निर्देशनालयले अनुमान लगाएको हो । निर्देशनालयले एउटै गाडीमा आएकाहरु सम्पर्कमा आउन समेत आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण