आज लकडाउनको ७२ औं दिनः काठमाडौं उपत्यकामा सवारी चाप बढ्यो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७२ दिन पुगेको छ । लकडाउन जारी भएपनि बुधबार उपत्यकामा सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ । त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको थियो ।
बुधबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसधानको आवागमन बढेको पाइएको छ । उपत्यकाका, तिनकुने, बानेश्वर, माइतीघर, थापाथली, सुन्धारा, जमल, दरबारमार्ग लगायतका ठाउँहरुमा सवारी साधनको चाप अत्याधिक बढेको छ । यस्तै मुख्य–मुख्य चोकहरुमा सवारी जाम समेत भएको छ । प्रहरीले सवारी जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवाका सवारी साधन, पास लिएका सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजी क्षेत्रमा कर्मचारी लगायतलाई समेत समान्य सोधपुछ गरी पठाउने गरेको छ ।
यस्तै भित्री सडकमा पनि अत्यावश्यक खाद्य सामग्रीका पसलहरु खुलेको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेका छन् । यस्तै समाजिक दुरी काय गर्दै, मास्क तथा पन्जा लगाई मानिसहरु बाहिर निस्किएको देखिन्छ । लामो समय लकडाउन हुँदा मानिसहरुको आर्थिक जीवन र देशको अर्थतन्त्रमा समेत ठूलो नोक्सानी भएको भन्दै निजी क्षेत्रले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न दवाव दिँदै आएको छ । त्यसैले पनि बुधबार उपत्यकामा लकडाउन उल्लङ्घन गरी काममा निस्कनेहरुको संख्या बढ्दा मुख्य सडकहरुमा सवारी चाप बढेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण