सञ्चारकर्मीसहित १५० को रिपोर्ट नेगेटिभ
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा स्वाब सङ्कलन गरिएका १५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको भने रिपोर्ट पोजेटिभ आएको छ । यही जेठ १४ गते स्वाब सङ्कलन गरिएकाहरुको रिपोर्ट झण्डै एक सातापछि आज सार्वजनिक गरिएको हो ।
दुई दिनअघि वडा नं ११ का दुईमा सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरुको अहिले भैरहवामा उपचार भइरहेको छ । वाणगङ्गाका एक जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएपछि कन्ट्याक ट्रेसिङका आधारमा सिद्धार्थ क्याम्पसमा स्वाब सङ्कलन गरिएको मध्ये दुईबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख ठगप्रसाद पौडेलले बताए ।
स्वाब सङ्कलन गरिएकामध्ये सञ्चारकर्मी १७, जनप्रतिनिधि १३, नगरका कर्मचारी २८, सुरक्षाकर्मी दुई, क्वारेन्टिनमा रहेका १५ र समुदायका ७५ गरी १५२ को स्वाब सङ्कलन भएको थियो । कपिलवस्तुको सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो ÷टेलिभिजनका दुई सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्टेशन भवनलाई क्वारेन्टिन बनाएर आठ सञ्चारकर्मी बसेका थिए । त्यहाँ कार्यरत नौ कर्मचारी होम क्वारेन्टिनमा बसेका थिए । सबैको रिपोर्ट नेगेटिभ आएपछि १२ दिनदेखि क्वारेन्टिनमा बसेका सञ्चारकर्मीलाई आज क्वारेण्टाइनबाट बिदा गरिएको छ ।
बाह्र दिनसम्म सञ्चारगृहको क्वारेन्टिनमा बसेर जनतालाई सूसूचित गर्ने काममा खटिएका समाचार शाखा र प्राविधिक शाखाका सञ्चारकर्मीलाई व्यवस्थापक भेषराज पाण्डेले धन्यवाद ज्ञापन गर्दै सबैको नेगेटिभ नतिजा आएकामा खुसी व्यक्त गरे । अहिलेसम्म देशभर १८ सञ्चारकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण